Online
Proctoring

A Jumpstart to Training Excellence

EPS TOPIK UBT & CBT EXAM mock test where you get real time experience of the exam

Hangang Korean

सन २००७ मा नेपाल र कोरिया सरकारले नेपालबाट कोरियामा कामदार पठाउने र लाने सम्झौता गर्यो। त्यस पछि बर्षैपिच्छे हजारौंको सङ्ख्यामा निरन्तर नेपाली युवा युवतीहरु कोरिया गैरहेका छन। तलव, भत्ता र अन्य सेवासुबिधा पनि राम्रो हुने भएकोले नेपाली युवायुवतीहरु कोरियाको रोजगार प्रति लालायित छन। कोरियाली युध्द पश्चात छोटो समयमा कोरियाले आफुलाई विश्वसामु समृध्द र आत्मनिर्भर राष्ट्रको रुपमा स्थापित गर्न सफल भयो। फलतः अन्तर्राष्टिय भाषा अंग्रेजीलाई कुनै मान्यता र स्थान दिइएन। हरेक विषय आफ्नै कोरियाली भाषाको माध्यमबाट अध्ययन अध्यापन गराइन्छ। तसर्थ विदेशी कामदारले पनि कोरियाली भाषा दक्षताको परीक्षा दिएर उत्तीर्ण गरेपछि मात्र कोरियामा काम गर्न जान पाउने नीति लागु गरेको छ। उत्तीर्णाङ्क अङ्क प्रतिशतमा निर्धारण गरेको भएता पनि उच्च अङ्क प्राप्त गर्ने परीक्षार्थीबाट छनोट गरिने भएकोले रोजगार अनुमति प्रणाली-कोरियाली भाषा दक्षताको परीक्षा अत्यन्तै प्रतिस्पर्धात्मक हुदै आएको छ। त्यसकारण सरल शिक्षण पध्दति मार्फत गुणस्तरीय कोरियाली भाषिक ज्ञान हाँशिल गराएर अधिकतम प्रशिक्षार्थीहरुलाई उत्तीर्ण गराउने उद्देश्यले हान्गाङ कोरियाली भाषा केन्द्रको स्थापना गरिएको हो। स्थापनाकाल देखि नै ८५% भन्दा बढि विद्यार्थीहरुलाई उत्तीर्ण गराउँन सफल भएकोमा हामी नितान्त सन्तुष्ट छौं।

Hangang Koreanनै किन ?

Admission Information

Blogs